बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

स्याङ्जाको बेलटारीमा मोटरेबल पुल बन्ने
दयाराज न्यौपाने पाल्पा फागुन ९ /
स्याङ्जाको बेलटारीमा मोटरेबल पुल बन्ने भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँ पालिका ५ को बेलटारी र पाल्पाको बगनासकाली गाउँ पालिका ६ दर्पुक जोड्ने कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुलको सिलन्यास कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले फागुन १० गते भोलि ११ बजे गर्न कार्यक्रम रहेको गाउँ पालिका उपाध्यक्ष साबित्रा कोइरालाले जानकारी दिनु भयो ।
कालीगण्डकी नदीमाथि १२५ मिटर लामो पुल बन्ने भएको हो । यसका लागि अघिल्लो आवमै लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाइएको छ । पुल निर्माण सरोकार समितिका उपाध्यक्ष अनिस न्यौपानेले बताउनु भयो । पुल निर्माण भएपछि स्याङ्जा र पाल्पा बीच सिधा सम्पर्क हुने छ भने बुटबल, भैरहवा, लुम्बिनीको दूरी घट्ने र राष्ट्रिय गौरवका दुई सडक आयोजना कालीगण्डकी करिडोर समेत यो पुलले जोडिने कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनु भयो । पुल निर्माण गर्न यसअघिनै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्भेक्षणको तयारी भएको छ । झण्डै दुई शकदेखि प्रक्रिया शुरुवात भए पनि अहिले अर्थमन्त्रालयले बजेट स्वीकृति दिएपछि सर्भेक्षण अघि बढेको हो ।