बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

यस्ताे बन्याे अशाेक दर्जीकाे घर – भिडियाेसहित
काठमाडाैँ । मन बिनाकाे धन ठूलाे कि धन बिनाकाे मन बाेलकाे गीत गाएर एकाएक चर्चामा अाएका कलाकार अशाेक दर्जीका लागि बनाइएकाे घर निर्माण अन्तिम चरणमा पुगेकाे छ । यही भदाै ४ गते हस्तान्त्रण गर्ने गरी घरमा अहिले फिनिसिङकाे काम भइरहेकाे छ ।
गायक तथा संगीतकार टंक बुढाथाेकीकाे पहलमा उनका लागि घर निर्माण गरिएकाे हाे । नवनिर्मित दर्जीकाे घरकाे धुरीमा युट्युवकाे लाेगाे समेत राखिने बताइएकाे छ । झापाको दमक-२ निवासी बाल गायक दर्जी मोरङको उर्लाबारस्थित बेथल बोर्डिङ स्कुलमा अध्ययनरत छन् । यसअघि उनी साेही स्कुलकै होस्टेलमा बस्दै आएका थिए ।
केहीदिन अघि दर्जीलाई कसले राख्ने भन्ने विवाद समेत परेकाे थियाे । दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलले उनका बुबा पूर्ण दर्जीले आफूसँगै राख्ने सहमति जुटाएकाे थियाे । अब बाल गायक दर्जी नयाँ घरमा परिवारसँगै बस्ने बताइएकाे छ ।
भिडियाेमा हेर्नुहाेस् अशाेक दर्जीकाे घर-
https://youtu.be/lQjygMHTr2g?t=7s