वडा सदस्यको घरमा युवती मृत फेला

काठमाडौं । कैलालीमा वडा सदस्यको घरमा एक युवती मृत फेला परेकी छन्।

गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी झुन्डिएको अवस्थामा आइतबार बिहान मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार कोठामा चुकुल लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे।

मृतकको परिवार स्रोतका अनुसार निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए। शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए।

दुवै पक्षबीच रातिसम्म छलफल भएको पारिवारिक स्रोतले जनाएको छ।

निरजले दुबैलाई श्रीमतीको रूपमा राख्ने भनेपछि ‍अञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो।
निरज राति नै भगाएर ल्याएकी महिलासँग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको शव फेला परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *