What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
चीनले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन अनुदान दिने
What To Know
- काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।.
- शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयहरूमा छलफल भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।.
काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयहरूमा छलफल भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सो क्रममा वाङ यीले नेपालमा हाललाई पाँच लाख खोप अनुदानमा दिने बताएका हुन्। चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता समेत वाङ यीले प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ।
ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए। अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति भने दिइएको छैन। यसबारे सरकारी अधिकारीहरु छलफलमा छन्।







