बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । हिजोप्रतितोला ९१ हजार १ सयमा कारोबार भइरहेको छापावाला सिुन आज १ हजार १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजारका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार तेजाबी सुनको मूल्यमा पनि प्रतितोला १ हजार १ सय रुपैयाँले गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको पनि मूल्य घटेर प्रतितोला १ एक हजार २ सय ९० रुपैयामा किनबेच भइरहेको महासङ्घले जनाएको छ । ०००