नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
किसानहरुलाई लक्षित गरि इन्टरनेट सेवा बन्द
एजेन्सी । भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरि इन्टरनेट सेवा बन्द गरिएको छ ।
दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो । आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज मध्यरातसम्म जारी रहने जनाइएको छ । दिल्लीको सिङ्घु, गाजीपुर र टिक्री जिल्लामा मोबाइल इन्टरनेट अवरुद्ध पारिएको हो ।
दिल्लीमा हजारौं किसानहरु महिना दिनभन्दा अघिदेखि आन्दोलनरत छन् । सरकारले हालै सार्वजनिक गरेको कृषि कानुन फिर्ता लिनुपर्ने उनीहरुको माग छ । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्नेगरि सरकारले ल्याएको कानुनले पुस्तौदेखि परम्परागत कृषि पेशामा जीवन धान्दै आएका करोडौं किसान विस्थापित हुने देखिएको छ ।०००