कोरोना सँगसँगै ओली भाइरससँग पनि लड्नु छ : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले कोरोनाविरूद्धको खोप सरकारले अन्यत्रबाट मागेर ल्याएकोबारे टिप्पणी गरेका छन्।

डेढ प्रतिशत जनतालाई पुग्ने खोप सरकारले भारतबाट सहयोग लिएको प्रसंग उल्लेख गर्दै भट्टराईले बाँकी जनतालाई कहिले खोप दिने भन्ने पनि प्रश्न गरेका छन्।

भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिन लागेको छ। खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाइने छ।

यही प्रसंगमा भट्टराईले बिहीबार बिहान ट्वीट गर्दै भनेका छन् ‘मागेको धोतीले मेरो लाज छोपिन्न । ’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो । अहिले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे। बॉकीलाई कहिलेसम्म होलारु कता हात थाप्ने होला ?’

यससँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि आलोचना गर्दै भनेका छन्,‘फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ।’

‘मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो!ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ।त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे!बाॅकीलाई कहिलेसम्म होला;कता हात थाप्ने होला?फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नु छ !

https://t.co/6KGY91x8Ef

— Baburam Bhattarai (@brb1954) January 21, 2021

Leave a Reply

Your email address will not be published. Required fields are marked *