जवरजस्ती तस्वीर खिचे १ वर्ष कैद

काठमाडौँ । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ।

साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ। नेपाल समाचारपत्रमा खबर छ।

मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच्न नपाइने व्यवस्था गरिएको छ । अनुमतिविना कुनै व्यक्तिको तस्वीर खिच्न र निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन र प्रकाशन गर्न निषेध गरिएको छ । कानुनमा अनुमतिविना तस्वीर खिचेमा एक वर्ष कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ ।

अनुमतिविना एक व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागमा जोडेर अर्को तस्वीर बनाउने वा प्रकाशन गरेमा दुई वर्ष कैद वा २० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ । कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्वीर खिचिए कुनै कसुर नलाग्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *