संसदीय अभ्यासमा रैनादेवीको ८ औं गाउँसभा सम्पन्न

सुनिल कार्की
पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले संसदीय अभ्यासमा ८ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको छ । गाउँसभालाई व्यवस्थित र मर्यादित बनाउन संसदीय अभ्यासलाई अनुशरण गरिएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो । पालिका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद,जनप्रतिनिधि,विभिन्न पार्टीका प्रतिनिधि,नागरिक समाज,स्थानिय,कर्मचारी,संञ्चारकर्मी लगायतको उपस्थितिमा गाउँसभालाई सम्पन्न गरिएको अध्यक्ष कार्कीले बताउनुभयो  ।

गाउँपालिकाको सभा हलमा भएको ८ औैं गाउँसभाले ८ वटा ऐन तथा कार्यविधि गाउँसभामा प्रस्ताव गरि सर्वसम्मतिले अनुमोदन गरेको छ । जस अन्र्तगत रैनादेवि छहरा गाउँपालिकाको शिक्षा ऐन २०७७,स्थानिय स्वास्थ्य तथा सरसफाई ऐन २०७७,कन्टेनजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि २०७७, खर्चको मापदण्ड सम्बन्धी निर्णय तथा कार्यविधि २०७७,साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७,निजि जग्गाको माटो वा निर्माणजन्य खनिज पदार्थको उत्खन्न ओसारपसार तथा विक्रि वितरण गर्न अनुमति प्रदान गर्ने कार्यविधि २०७७, आर्थिक ऐन २०७७ संशोधन,वार्षिक बजेट २०७७ संशोधनका साथै वित्तिय अनुशासन कायम गराउन बेरुजुको आकारलाई कम गर्दै लैजान बेरुजु फर्छौटको प्रस्ताव पनि गाउँसभाबाट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षेत्रीले बताउनुभयो । गाउँसभामा चालु आर्थिक वर्षमा पालिकाका विभिन्न शाखाबाट सम्पादन भएका कामहरुको समिक्षा गर्दै गाउँपालिकालाई जवाफदेही,पारदर्शी,सुशान कायम कसरी गराउन सकिन्छ लगायत समसामायिक विषयमा छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँसभामा उठेका जिज्ञासको जवाफ दिर्दै गाउँपालिका अध्यक्ष कार्कीले गाउँसभाको हिउँदे अधिवेशनबाट पारित ऐन,कार्यविधिको सफल कार्यन्वयनको लागि कर्मचारीतन्त्रको समन्वयत्मक सहयोग अपरिहार्य रहेको बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीको प्रभावकारी समन्वयले मात्रै उज्यालो रैनादेवि बनाउन सफल भएको उदाहारण प्रस्तुत गर्दै सम्रग रैनादेविको समृद्धिको लागि भुमिका खेल्न अध्यक्ष कार्कीले आग्रह गर्नुभयो ।

रैनादेवि छहरा गाउँपालिकामा चालु आर्थिक वर्षमा २०५ वटा योजना सम्झौता भएका मध्ये ७० वटा फरफारक भईसकेका छन भने बहुवर्षिय गौरबका योजना अन्र्तगत गाउँपालिकाको भवन,सुन्दरे डुङगा जुठापौवा सालझण्डी कालोपत्रे र कटौजे पानि खेलमैदान योजनाको काम तिव्र गतिमा भईरहेको छ ।

८ औं गाउँसभा कार्यक्रम गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षता,प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षेत्री,उपाध्यक्ष चेत कुमार थापा,प्रवक्ता विष्णु प्रसाद पोखरेल,लेखा अधिकृत लिलामणी बस्याल,८ वटै वडा वडा अध्यक्ष,विषयगत शाखाका प्रमुखहरु,स्थानिय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *