प्रचण्ड – नेपाल गद्धार हुन्, यिनीहरुको विश्वास छैन : मन्त्री रायमाझी

बुटवल । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले देशमा चुनावको विकल्प नभएको बताउनुभएको छ । जनताबाट जनादेश ल्याउन पनि अहिलेको अवस्थामा चुनाव नै अन्तिम विकल्प भएको दावी गर्नुभयो ।

रिपोर्टर्स क्लव, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा चुनाव हार्ने डरले चुनाव हुदैन र हुन सक्दैन भन्नु जनादेश विपरित कुरा हो भन्नुभयो । उहाँले हुँदा खाँदाको सरकार ढाल्न सडकमा जाने र चुनाव पनि हुदैन भन्नेहरुको विश्वास गर्न नसकिने उल्लेख गर्दै प्रचण्ड, नेपालको आलोचना गर्नुभयो ।

आफ्नै पार्टीको आफ्नै दुई तिहाई सरकार बिरुद्व सडकमा जाने कदम गलत भएको दावी गर्दै संसदमा फेस गर्न नसकेपछि सडकबाट अराजक र उदण्ड मच्चाउनेहरुप्रति विश्वास गर्न नसकिने बताउनुभयो ।

नेकपा ओली समूहका केन्द्रिय नेता रायमाझीले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम अग्रगामी भएको दावी गर्दै आफ्नै पार्टीको सरकार र प्रधानमन्त्री अपदस्त गर्ने कार्य स्वीकार्य नहुने बताउनुभयो ।

पार्टी भित्रको आन्तरिक विवादका कारण बाध्यात्मक अवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको बताउनुभयो । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु परेको दावी गर्नुभयो ।

नीति, सिद्वान्त, विधि, पद्वतिका कारण पार्टीमा फुट नआएको उल्लेख गर्दै पद र प्रतिष्ठालाई बढी महत्व दिंदा आन्तरिक विवाद बढेपछि पार्टीमा फुटको अवस्था आएको दावी गर्नुभयो ।

प्रचण्ड, माधव लगायतले पार्टी र सरकारको विकास र सम्वृद्विको नारालाई छोडेर पार्टीमा फुट ल्याउन खोज्नेहरुलाई आफुले साथ नदिएको बताउनुभयो । अब पार्टी एकता हुन्छ भन्ने ज्ञारन्टी नभएपनि असम्भव पनि केही छैन भन्नुभयो ।

उहांले एमसिसी ल्याउने भएपनि सहमतिमा निर्णय गरेर छिटो ल्याउनु पर्ने र खारेज गर्ने भएपनि सहमतिमा छिटो खारेज गर्नुपर्ने बताउनुभयो । विदेशी लगानी ल्याउनै पर्छ भनेर आफुले नभनेको र एमसिसी पनि हुबहु लागु गर्नुपर्छ भन्ने होइन तर राष्ट्रको हितमा ल्याउन पनि सकिने तर्क गर्नुभयो ।

जलश्रोत मन्त्री रायमाझीले नेपालमा इनर्जी बढी र निर्यात गर्ने ठाउं नभएकाले अहिले अर्को समस्या उत्पन्न भएको बताउनुभयो ।

आगमी भदौसम्म ५ सय मेघावाट इनर्जी बढी हुने दावी गर्दै टासमिटर लाइन नहुंदा समस्या आएको छ भन्नुभयो ।मन्त्री रायमाझीले २०७२ सालमा आफ्नै पालामा बनाएको मास्टर प्लानका कारण लोड सेडिङ घटेको दावी गर्दै अहिले कुलमान घिसिङले लोडसेडिङ घटाए भन्न नसकिने बताउनुभयो । सगरमाथाको नाम फेरबदल गर्नुपर्छ भन्ने कुरा गलत हुन्, गलत कुरामा सरकार सचेत र प्रतिवद्व भएर लागिरेको मन्त्री रायमाझीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *