बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

आइसीसीको एकदिवसीय बरियतामा नेपालका यी तीन खेलाडी
काठमाडौं । आइसीसीको एकदिवसीय क्रिकेट बरियतामा नेपालका ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र सन्दीप लामिछाने समाबेश भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेटको २२ वर्षे इतिहासमा पहिलो पटक एकदिवशीय मान्यता पाएपछि नेपाली खेलाडीहरु विश्व वरियतामा समाबेश भएका हुन् । नेदरल्याण्डबिरुद्धको डेब्यु एकदिवसीय सिरिजपछि नेपाली क्रिकेटरहरु ज्ञानेन्द्र मल्ल,सोमपाल कामी र सन्दीप लामिछाने एकदिवशीय वरियतामा समावेश भएका हुन् । आईसीसीले आज सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरियतामा बलिङतर्फ सन्दिप लामिछाने २ सय १७ औं स्थानमा छन् । ब्याटिङतर्फ ज्ञानेन्द्र मल्ल २ सय ३६औं र सोमपाल २ सय २९औं बरियतामा छन् ।
यसअघि गत साता चार खेलाडी कप्तान पारस खड्का, बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषावकर पहिलो पटक टी–२० वरियतामा परेका थिए । सोमपाल कामी एकदिवशीय र टी–२० दुवै वरियतामा परेका छन् । एकदिवसीय क्रिकेट बरियतामा ब्याटिङतर्फ शिर्षस्थानमा भारतका कप्तान बिराट कोहली छन भने बलिङतर्फ भारतका जरप्रित बुम्राह र अलराउण्डरमा बंगलादेशका सकिव अल शीर्ष स्थानमा छन् ।