नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
सुनचाँदीकाे भाउ घट्याे, ताेलाकाे कति ?
काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो दिन सुन एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भएको थियो । अघिल्लो साताको बुधबारयता सुन चार हजार ५०० रुपैयाँले ओरालो लागेको छ ।
सुनसँगै चाँदीको भाउ पनि सोमबार गिरावट भएको छ । यसदिन चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको पहिलो दिन आइतबार चाँदी तोलामा ६० रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच भएको थियो ।