नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

माघे सकरातीमा सार्वजनिक बिदा
काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिनुभयाे ।
माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ,’ ओलीले भन्नुभयाे ।