What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ह्वात्तै बढ्यो सुनको मूल्य तोलाको कति ?
What To Know
- साेमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर ९६ हजार ४ सयमा किनबेच भइहेको छ ।.
- त्यस्तै चाँदीको बजार भाउ पनि बढेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।.
काठमाडाैँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
साेमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर ९६ हजार ४ सयमा किनबेच भइहेको छ ।
यस्तै तेजाबी सुन पनि प्रतितोला १ हजार १ सय रुपैयाँले वृद्धि भएको नेपाल सनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ९ रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै चाँदीको बजार भाउ पनि बढेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो चाँदीको मूल्य १ हजार ३ सय २५ रुपैयाँ थियो ।






