विमल घर्ती मगरसहित १४ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

काठमाडौँ । विमल घर्ति मगरसहित १४ खेलाडी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडी बाहिरिएको जनाएको छ । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले करिब १ महिनाको प्रशिक्षणपछि ५८ खेलाडीबाट घटाएर ४४ खेलाडी छनोट गरेका हुन् ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा विमलसहित सुमन अर्याल, देव लिम्बु, रन्दिप पौडेल, अमित तामाङ, जया गुरुङ, नितिन थापा, रजत तिवारी, दिपेश आले मगर, राजेश परियार, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन र विमल राना छन् ।

लामो समयपछि राष्ट्रिय टोलीमा परेका अग्रपंतिmका खेलाडी विमल चोटका कारण टोली बाहिर परेका हुन् । उनले प्रशिक्षणको दौरान गम्भीर चोट बोकेका छन् । उनको कतारमा उपचार हुने एन्फाले जनाएको छ ।

फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि एन्फाले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको थियो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी छ ।००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *