चिनियाँ विशेष प्रतिनिधिमण्डलको राजनीतिक भेटवार्ता जारी

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्वको प्रतिनिधिमण्डलले आज पनि राजनीतिक भेटवार्ता जारी राखेको छ ।

आइतबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले आज नेता माधब नेपाल तथा पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ । टोलीले नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ ।

आज बिहान चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ नेतृत्वको टोली प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । भेटमा प्रतिनिधिसभा विघटन र नेकपा विभाजनलगायतका विषयमा कुराकानी भएको छ ।

यस्तै चिनियाँ प्रतिनिधिमण्डलले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको छ । नयाँ वानेश्वरस्थित होटल एभरेष्टमा अहिले नेपालसँग छलफल भइरहेको उनको सचिवालयले जनाएको छ ।

उक्त चिनियाँ टोलीले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओली र आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो । चारदिने भ्रमणमा आएको टोलीले विभाजित नेकपाका दुवै घटकसँग भेटवार्ता गरेर एकता र सहकार्यका पहल गर्दै चिनियाँ सरोकार राख्ने जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली चार दिने नेपाल भ्रमणमा छ । चिनियाँ प्रतिनिधिमण्डलाई उनीहरूकै चाहनाबमोजिम ओहदाअनुसारको एस्कर्टिङ र अंगरक्षक समेत उपलब्ध गराइएको छैन । ००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *