What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफल
What To Know
- काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ ।.
- अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली उनलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ । आइतबार स्थायी कमिटी बैठक डाकिएको छ ।.
काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ ।
प्रचण्ड निवास खुमलटारमा उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको हो । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको बताउनुभयो ।
“सधैँ बालुबाटारमा हुने छलफल यसपटक प्रचण्ड निवास खुमलटारमा भएको हो”, उहाँले भन्नुभयो, “आज भएको भेटघाट पनि दुई अध्यक्षबीच पार्टी विवादलाई निकास दिन यसअघि भइरहेका छलफलको निरन्तरता हो ।”
दुई अध्यक्षबीच छलफल भइरहँदा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी हुनुभएको थियो । पार्टीको स्थायी कमिटी बैठक चलिरहँदा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरिरहनुभएको छ ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने ओलीको अडान छ । पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ ।
अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली उनलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ । आइतबार स्थायी कमिटी बैठक डाकिएको छ ।
यसैगरी प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफलपछि गृहमन्त्री रामबहादुर थापासित भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री निवास पुग्नुभएको छ ।