काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
शोक प्रस्ताव पारित गर्दै सकियाे बैठक
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर पुस १ सम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा आज बसेको बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । सांसद एवं पूर्वराजदूत लामाको कोरोना संक्रमणका कारण विहीवार निधन भएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको थियो ।
लामाको निधनपछि उहाँको परिवारले सेयर विवादसम्बन्धी अडियो भिडियो सार्वजनिक गरेको थियो । त्यसमा प्रवक्ता श्रेष्ठ मध्यस्थकर्ताको भूमिकामा देखिनुभएको थियो ।
शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेन । बैठकमा दुई अध्यक्षले आफ्ना प्रस्तावमाथि व्याख्या गर्ने र त्यसपछि सचिवालयका सदस्यहरुले धारणा राख्ने कार्यसूची थियो ।
यसअघिकै बैठकमा दुई अध्यक्षका प्रस्ताव र पत्र अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई वितरण गरिएको थियो । ०००