What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
उखु किसानले फेरि थाले काठमाडौं केन्द्रित आन्दोलन
What To Know
- काठमाडौँ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।.
- उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।.
काठमाडौँ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आजदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना थालेका छन् ।
उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार सरकारले किसानसँग गरेको पटक–पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले वक्यौता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले बताउनु भयो ।०००






