बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कोरोना खोप धनी गरिब सबैको पहुँचयोग्य हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताउनु भएको छ ।
कोरोना सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना खोप सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्ने धारणा राख्नुभएका हो ।
सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने उहाँको भनाई छ । उहाँले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताउनुभयो ।
अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गर्नुभयो ।
कोरोना महामारीलाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पु¥याइएको थियो । ०००