बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कामपाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गर्ने भएको छ ।
सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिने महानगरपालिकाले जनाएको छ । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको गरिएको छ । मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ काम अघि बढाएको बताए । कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुलाई मात्र निःशुल्क पीसीआर परीक्षण गर्न उनको आग्रह छ ।
लकडाउन हटेसँगै बजारमा चहलपहल र भीडभाड बढेको तथा मुख्य चाडपर्व पनि भर्खरै सकिएको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रण गर्न चुनौती रहेको उनको भनाइ छ ।