सरकारले कोरोनाको परीक्षण र उपचार निःशूल्क गर्ने

काठमाडौँ । सरकारले कोरोनाको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशूल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण वा चिन्ह देखिएका विरामीको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशूल्क गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघि संक्रमित आफैले शूल्क तिर्नुपर्ने र उपचार खर्च व्यहोनुपरेपछि सरकारको आलोचना भएको थियो भने सर्वोच्च अदालतले समेत संक्रमितको परिक्षण र उपचार निशुल्क गर्न आदेश दिएको थियो ।

त्यसलगतै यसअघिको निर्णय संसोधन गर्दै कोरोना परीक्षण र उपचार पुनः निशूल्क गर्ने निर्णय गरेको उहाले बताउनुभयो । तर कोरोना विमा गरेका व्यक्तिहरुको हकमा भने सबै परीक्षण र उपचार खर्च व्यक्तिको विमा रकमबाट भुक्तानी गर्ने व्यवस्था गरिएको डा गौतमको भनाइ छ ।

उहाँले सक्षम र इच्छुक व्यक्तिले परीक्षण र उपचारमा शूल्क तिरेर योगदान गर्न सक्ने पनि बताउनु भयो ।

यस्तै कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्व ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन गरेको डा गौतमले जानकारी दिनुभयो ।

बिनियोजित रकममध्ये हाइ डिपेन्डेन्सि युनिटका लागि ३ अर्व २५ करोड समेत समावेस गरिएको उहाँले बताउनु भयो । उक्त रकममध्ये प्रयोगशाला तथा परीक्षण व्यवस्थापनमा १ अर्व १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्याक ट्रेसिङ, जोखिम भत्ता बापत १ अर्व १४ करोड २९ लाख ६ हजार र आइसीयु, भेन्टिलेटर र अस्पताल सूदृढिकरणमा १ अर्व २९ करोड ९० लाख रकम निकासा गरिएको डा गौतमले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *