नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुनको मूल्य ह्वात्तै घट्यो तोलाको कति छ ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज एकैदिन प्रतितोला ३ हजार चार सय रुपैयाँ गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
छापावाल सुन सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि मंगलबार ७० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कोरोना भाइरसविरुद्धको खोप बजारमा आउने खबरले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । त्यसको असर नेपालमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । ०००