नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुनको मूल्य बढ्यो, तोलाको कति छ आज ?
काठमाडौँ । स्थानीय बजारमा छापावाला सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मुल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो मूल्य शुक्रबारको तुलनामा ५ सय रुपैयाँले बढी हो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।
चाँदिको मूल्य १७ रुपैयाँले बढेको छ । आइतबार चाँदिको मूल्य प्रतितोला १ हजार ९३ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
दीपावली नजिकीएसँगै सुनचाँदिको मूल्य बढेको छ भने सुनचाँदि बजारमा चलहपहल भने सुन्य जस्तै बनेको व्यवसायीहरुले जनाएका छन् ।
कोरोना महामारीकैबीच सुनको मूल्य भारी मात्रामा आकाशिएको छ ।