जो वाइडेन अमेरिकाको राष्ट्रपति हुने निश्चित

एजेन्सी । जो वाइडेन अमेरिकाको राष्ट्रपति हुने निश्चित प्रायः भएको छ । मत गणनाको परिणाम आउन बाँकी छ वटा राज्यमध्ये चारवटा राज्यमा उनले स्पष्ट वहुमतका साथ अग्रता हासिल गरेकाले राष्ट्रपति निर्वाचित हुने निश्चित भएको हो ।

राष्ट्रपतिहुन आवश्यक २७० इलेक्टोरल मतमध्ये यस अघि नै २६४ प्राप्त गरिसकेका वाइडेनले अहिलेसम्म जर्जिया, पेन्सिलभेनिया, एरिजोना र नेभाडामा भारी मतान्तरले अग्रता लिएका छन् । यी चारवटै राज्यको मत गणना लगभग अन्तिम चरणमा पुगेको छ । यी चारवटा राज्यको कुल इलेक्टोरल मत ५३ रहेको छ । यी चार वाहेक दुईवटा राज्य नर्थ क्यारोलिना र हवाइमा पनि मत गणना सकिएको छैन । यी दुवै राज्यमा राष्ट्रपतिट्रम्पले अत्यधिक मतले अग्रता लिएका छन् । यी दुइ राज्य इलेक्टोरल मतले ट्रम्पको भाग्य निर्धारण गर्ने हैसियत राख्दैन । यी दुई राज्यको इलेक्टोरल मत जम्मा १८ छ ।

यसैबीच जो वाइडेनले अमेरिकी जनतालाई सम्वोधन गरेका छन् । सम्वोधनका क्रममा उनले विभाजित अमेरिकी राजनीतिलाई एक ठाउँमा ल्याउन आफूले भूमिका खेल्ने बताउँदै कोरोना, अर्थतन्त्र, जलवायु परिवर्तन र आप्रवासीको समस्यालाई प्राथमिकतामा राखेर पहिलो दिनदेखि नै कडा परिश्रमका साथ काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

समारोहमा उपराष्ट्रपतिकी प्रत्यासी कमला ह्यारिस पनि उपस्थित भएकी थिइन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *