अमेरिका निर्वाचन : ट्रम्प–बाइडेनबीच कडा प्रतिस्पर्धा

टेक्सास । अमेरिकामा राष्ट्रपति पदको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ । अधिकाँश स्थानमा मतगणना पनि भइरहेको छ ।

निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अमेरिकाका ५० वटै राज्य र डिष्ट्रिक अफ कोलम्वियामा शान्तिपूर्ण रुपमानिर्वाचन सम्पन्न भएको समाचार सञ्चार माध्यमले जनाएका छन् ।

विश्वभरका मानिसहरुको प्रतीक्षाका साथ हेरिएको चार वर्षे कार्यकालका लागि सम्पन्न योे निर्वाचनमा सन् १९०८ पछि अधिक प्रतिशतमत खसेको यो पहिलो पटक हो । कतिपय स्थानमा मतदान भइरहेको र कतिपय स्थानमा मत गणना जारी रहेको हुँदा कति मत खस्यो भनेर भन्न सक्ने स्थिति बनेको छैन तथापि ६६ प्रतिशतको हाराहारीमा मत खसेको सर्वेक्षणले जनाएको छ ।

कोरोना कारण यसपटक करिब १० करोड मानिसले हुलाक मार्फत अग्रिम मतदान गरेका थिए । अमेरिकी समय अनुसार, मंगलवार रातीसाढे ११ बजेसम्मको मतगणनामा दुवै उम्मेदवारले स्पष्ट अग्रता हासिल गर्न सकेका छैनन् । अहिले २२३ इलेक्टोरल मतका साथ जो वाइडेनले अग्रता लिइरहेका छन् भने ट्रम्पले २०४ इलेक्टोरल मतले पछ्याइरहेका छन् ।

राष्ट्रपति निर्वाचित हुनकालागि कुल ५३८ इलेक्टोरल मतमध्ये आधाभन्दा बढी अर्थात् २७० इलेक्टोरल मत आवश्यक पर्छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *