एक हप्ता ‘लकडाउन’ गर्ने निर्णय

बागलुङ । बागलुङ बजार क्षेत्रको समुदाय तहमा कोरोना सक्रमण पुष्टि भए पछि नगरका चार वटा वडामा एक हप्ता ‘लकडाउन’ गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले सोमबार राती १२ बजेदेखि कात्र्तिक २४ गते राती १२ बजेसम्म लागु हुने लकडाउन गर्ने निर्णय गरेको हो । सर्वपक्षीय निर्णय जिल्ला सुरक्षा समितिले सदर गरे पछि कार्यान्वयनमा जानेछ ।

बैठकले बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा संचालन हुने अत्यावश्यक बाहेकका सार्वजनिक यातायात तथा बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तका अनुसार खाद्यान्न, तरकारी, दुध औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषी तथा पशु उत्पादन, मल विउ, स्वास्थ्य सेवा र विपद व्यवस्थापन, सरकारी सवारी साधन तथा पुष्पलाल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरमा चल्ने यातायात सेवाबीचमा चढन र झर्न नपाउने गरी संचालन हुनेछन् ।

अत्यवाश्यक बाहेका संघ संस्था तथा बैंक वित्तिय संस्थाका सेवा र चार वटा वडाका कार्यालयहरुको सेवा समेत हाललाई स्थगित गर्ने र अनावश्यक आवतजावत रोक लगाउने निर्णय भएको छ ।

दैनिक उपयोग्य सामाग्री खरिदको लागि विहान ७ देखि ९ बजे पसल संचालन गर्न अनुमति प्रदान गर्ने निर्णय भएको पन्तको भनाई छ । अन्तर जिल्लामा अत्यावश्यक कार्यका लागि जानुपर्ने भएमा गन्तव्य स्थानीय तहको एवं जिल्लाको सहमति प्राप्त भएपछि यात्रा सहजीकरणको व्यवस्था मिलाईने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिनुभयो ।

यहाँ हाल १२५ जना सक्रिय कोरोना संक्रमित छन् । बागलुङ बजारका व्यापारी, राजनीतिकर्मी, पत्रकारलाई कोरोना पहिचान भए पछि उद्योग वाणिज्य संघ र बागलुङ नगरपालिकाले करिव दुई हप्ता लकडाउन घोषण गर्न प्रशासनलाई लिखित आग्रह गरेका थिए ।

जिल्लामा हालसम्म ९ हजार ७४३ जनाको स्वाव संकलन भएको मध्ये ९ हजार ३४९ जनाको रिपोर्ट प्राप्त भएको छ । ३९४ जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ । जसमध्ये ६७६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५४९ जना संक्रमित उपचार पश्चात घर फर्केका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *