बिराटनगरमा बम पड्काउने नाै जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आज गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनुभयो ।

बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उहाँले बताउनुभयो । बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *