चेतन घर्ती मगरको मौलिक सालैजो ‘बेलौती’ बजारमा (भिडियोसहित)

काठमाडौँ । लोक तथा दोहोरी गायक चेतन घर्ती मगरको मौलिक सालैजो ‘बेलौती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार घर्तीको अफिसियल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा बहुचर्चित लोक तथा दोहारी गायिका देबी घर्ती मगर र चेतनको स्वर रहेको छ । गीतको शब्द तथा लय सिर्जना गायक प्रसाद खप्तरी मगरले गरेका हुन् ।

गीतको भिडियोमा चर्चित नृत्यङ्गना आरुशी मगर र दिनेश थापाको बेजोड नृत्य रहेको छ । गायक घर्तीले निर्देशन गरेको भिडियोको छायाङ्कन सम्भु चालिसेले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका हुन् । भिडियोमा डे«स डिजाइन मायावी फेसन वीथ कल्चरले गरेको छ ।

लोक संगीतको क्षेत्रमा छुट्टै परिचय बनाउन सफल गायक खप्तरीको मौलिक लय र भाव सहितको वजनदार शब्दले गीतलाई अझ जीवन्त बनाएको छ । खप्तरी मध्येपहाडका गुरुङ मगर जनजाति बाहुल्य क्षेत्रमा गाइने सालैजो, मारुनी, सोरठी तथा ठाडो भाका झ्याउरे गीतलाई न्याय गर्न सक्ने कलाकार हुन् । व्यवसायिक संगीतसँगै संस्कृति संरक्षणको क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहँदै आएको छ । लोप हुने अवस्थामा पुगेका संगीत तथा संस्कृतिलाई उनले जीवन्तता दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *