नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार बढीलाई भर्ती हुने अवसर (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा ५ हजारभन्दा बढी युवाका लागि जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

शुक्रबार प्रकाशित सूचनाअनुासर खुला, अमररअशक्त प्रहरी परिवार र समावेशीअन्तर्गत प्रतिस्पर्धा गराई जवान छनोट गरिनेछ।

यसमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ।

देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *