What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको मुल्यमा भारी गिरावट तोलाको कति ?
What To Know
- काठमाडौँ । सुनचाँदीको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सयले घटेको सुनको मूल्य बुधबार प्रतितोला १२ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।.
- अघिल्लो दिन अर्थात् मंगलबार सुनको मूल्य एक हजार ७०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।.
काठमाडौँ । सुनचाँदीको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सयले घटेको सुनको मूल्य बुधबार प्रतितोला १२ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन अर्थात् मंगलबार सुनको मूल्य एक हजार ७०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य उच्च दरले बढेसँगै सुनको मूल्य घटेको महासंघले जनाएको छ ।






