लगातार पाँचौँ दिन १ हजारभन्दा बढी सङ्क्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३४९ महिला र ६९२ पुरुष गरि १ हजार ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

शुक्रबार उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएका छन्, जसअनुसार काठमाडौं ३ सय २६, ललितपुर ३७ र भक्तपुरमा ४५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र ६ पुरुष रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० छ । अहिले देशभर ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा छन् । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *