नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रधानमन्त्री ओलीले डा. केसीलाई बालुवाटार बोलाए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । डा. केसीको अनशनपछि सरकारसँग भएका सहमति कार्यान्वायन र स्वास्थ्य क्षेत्रका विषयमा छलफलका ओलीले डा. केसीलाई बोलाएको बताइएको छ ।
डा. केसीका सहयोगी डा. अभिषेक सिंहका अनुसार छलफल शनिबार बिहान ११ बजे बालुवाटारमा हुनेछ ।
सरकारले डा केसीसँग १० साउनमा गरेको ९ बुँदे सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता भइसकेको छ । सहमतिका अन्य ८ बुँदाहरु कार्यान्वयनका लागि भने कुनै पनि प्रक्रिया सुरु भएको छैन ।
यसअघि अस्पतालबाट डिस्चार्ज हुनेक्रममा डा. केसीले पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । पत्रकार सम्मेलनमा मार्फत् उनले सहमतिका सबै बुँदा छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए ।
१५औं पटकमा २७ दिन लामो अनशन बसेपछि भएको सहमति कार्यान्वयनका लागि डा. केसीले विशेष जोड दिँदै आएका छन् ।