बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण
काठमाडौँ । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ । उहाँले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराउनुभएको हो ।
आज दिउँसो उहाँले सामाजिक सञ्जालमा ट्वीट गर्नुहुँदै आज बिहान परीक्षण गराउँदा आफूमा संक्रमणको पुष्टि भएको उल्लेख गर्नुभएको छ ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020
उहाँमा सङ्क्रमणको कुनै लक्षण भने देखिएको छैन । चिकित्सकको सुझावमा आफू अलग्गिएको जानकारी गराउनुहुँदै उद्योगपति चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । ०००