काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
![](https://fairnepal.com/wp-content/uploads/2020/03/coronaviruses.jpg)
भारतमा एकैदिन झण्डै ७६ हजार सङ्क्रमित भेटिए
नयाँदिल्ली । भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना सङ्क्रमित भएका छन् ।
योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्क छ । ती मध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कुल सङ्क्रमितमध्ये सात लाख २५ हजार ९९१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७७२ पुगेको जनाइएको छ ।
प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको प्रभाव बढी देखिएको छ । सो प्रदेशमा अहिलेसम्म कुल एक लाख ७३ हजार १९५ जना सङ्क्रमित भएका छन् ।