बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

वर्गीकरण गरिएकालाई कोभिड–१९ अस्पतालमा परिणत
काठमाडाैँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितको उपचार गर्न वर्गीकरण गरिएका सबै अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरेको छ । यसअघि कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न लेभल–१, लेभल–२ र ३ गरी अस्पतालको वर्गीकरण गरिकामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने गरी कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लेभल–१, २ र ३ का अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको जानकारी दिनुभयो । “तीन वटै लेभलका अस्पतालमा नियमित भइरहेका सेवामा कोभिड–१९ का सङ्क्रमित आए पनि उपचार गर्नुपर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र निजी अस्पताल सबै यसअघि लेभल–१, लेभल–२ र लेभल–३ भनेर गरिएको निर्णयलाई खारेज गरी सबैलाई कोभिड–१९ अस्पतालमा परिवर्तन गरिएको छ ।” ती कोभिड अस्पतालले अब कोभिडको सङ्क्रमण भए पनि नभए पनि सबै सेवा दिनुपर्ने छ । –––