बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपाली विद्यार्थीले बनाए अष्ट्रेलिया सिड्नी सहरको डकुमेन्ट्री
सिड्नी । नेपाली युवाहरुको प्रमुख शैक्षिक र रोजगार गन्तब्य हो अष्ट्रेलिया । लाखौँ नेपाली युवाहरुले मनमा सजाएको सपना पनि । त्यसमध्ये पनि अष्ट्रेलियाको दक्षिणी उत्तर कोष्टमा अवस्थित सिड्नी धेरैको रोजाइमा पर्छ ।
न्यू साउथ वेल्सको राजधानी हो सिड्नी सहर, मोर्डन सहरको रुपमा परिति यो सहरको पूरानो र लामो इतिहास छ । त्यही लामो इतिहासलाई अध्ययनका लागि त्यहाँ पुगेका नेपाली विद्यार्थीहरुले डकुमेन्ट्री भ्लग अर्थात भिडियो डायरीमा समेट्ने प्रयास गरेका छन् ।
सिड्नी सहरका आकर्षक गन्तब्यका रुपमा रहेका सिड्नी ओपेरा हाउस, बोदी बिच, सिड्नी हार्वर ब्रिज, पोर्ट क्याक्स बे, डार्लिङ हार्वर, रोयल बोटानिक गार्डेन, मेन्ली बिच लगायतको सुन्दरता र त्यसको बयान भिडियोमा समेटिएको छ ।
सिड्नीलाई सिनिक हार्वरको रुपमा समेत परिभाषित गर्ने गरिन्छ । हार्वर किनारामा यहाँको आदिवासीहरु बस्दै आएका छन् । आज सिड्नी विश्वकै चर्चित सहर मध्येको एक सहर बनेकाे छ । सन् १७८० को दशकपछि त्यहाँको विकास हुन थालेको बताइन्छ । सिड्नी हार्वर ब्रिज तथा सिड्नस ओपेरा हाउसले ती पूराना कुराहरुलाई याद दिलाउने गरेको छ ।
ड्रङ्किन ट्राभल भ्लगको युट्युव च्यानलमा राखिएको यो भिडियो ई. महेश थापा मगरको समूहले तयार गरेको हो । भिडियोको सम्पादन पारस थापाले गरेका छन् । ०००