बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

फेरि सुनसान बन्यो काठमाडौँ सहर
काठमाडौँ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयास स्वरुप काठमाडौँ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा लागु भएपछि जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।
निषेधाज्ञाका कारण उपत्याकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ । त्यस्तै निषेधाज्ञाको तेस्रो दिन शनिबार सरकारी तथा अन्य कार्यालय बन्द भएका कारण पनि उपत्यका बिहानैदेखि सुनसान देखिएको छ ।
बिहानको केही घण्टा भने अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुधबार मध्यरातिदेखि काठमाडौ उपत्यकामा निषेधाज्ञा लागु गरिएको हो ।
पहिलो दिन केही अनावस्यक रुपमा बाहिर निस्किएर लखर लखर डुल्ने र सवारी चलाउनेहरुलाई प्रहरीले समातेर २ घण्टा होल्डिङ जोनमा राखेपछि दोस्रो दिनदेखि त्यसरी हिड्नुहरु कम भएका छन् । तीजको रमझम हुुुनुपर्ने मठमन्दिरहरु पनि कोरोनाका कारण सुनसान बनेका छन् । ०००