पाल्पाको तानसेनमा बृहत वृक्षारोपण,एकैदिन एघार सय ३० विरुवा रोपियो -फोटो फिचर

सुनिल कार्की 
तानसेन । पाल्पाको नयाँ पर्यटकीय स्थल ‘डिजिटल तानसेन’ क्षेत्रमा बृहत वृक्षारोपण गरिएको छ । जिल्ला स्थित नेपाली सेनाको गोरख दल गण र कैलाश बसन्त सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ठुलो संख्यामा वृक्षारोपण गरिएको हो ।

तानसेन लेखिएको डिजिटल होडिङ बोर्डमा थप आकर्षण बढाई,त्यस क्षेत्रमा थप सौन्दर्यता वृद्धि गर्न वृक्षारोपण गरिएको कैलाश बसन्त सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष सुनिता शर्माले बताउनुभयो । वृक्षारोपण पछि सम्भावित भु–क्षय र पहिरोलाई रोक्न सहयोग पुग्ने भएकोले बस्ती माथिको खालि जमिनमा वृक्षारोपण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले नेपालमा बढ्दो जलवायु प्रदुषण्को प्रभावलाई कम गरि हरित तानसेन निर्माणमा वृक्षारोपणले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । वृक्षारोपण समेत गर्नुभएका नगर प्रमुख शाहीले बढ्दो प्रकृतिक प्रकोपको जोखिमलाई रोकि तानसेन लेखिएको डिजिटल होडिङ बोर्डको आकर्षण बढाउन थप टेवा पुग्ने बताउनुभयो ।

वृक्षारोपण कार्यमा पाल्पा स्थित नेपाली सेनाको गोरख दल गणले सहयोग गरेको छ । नेपाली सेनाको एक सिपाही एक विरुवा अभियानलाई सार्थक बनाउने उद्धेश्य सहित वृक्षारोपणमा सरिक भएको गणका गणपति प्रमुख सेनानि जनक बस्नेतले बताउनुभयो । नेपाली सेनाले अबलम्न गरेको नागरिक सैनिक सम्र्पकलाई थप अभिवृद्धि गर्ने लक्ष्य अनुरुप एघार सय तीस वटा विरुवा कैलाश बसन्त सामुदायिक वनमा वृक्षारोपण गरिएको गणपति बस्नेतले बताउनुभयो ।

यस अघि गोरख दल गणले पाल्पाको पर्यटकीय गन्तब्य श्रीनगर,रानिमहल,सेन मावि जाने बाटो,नारायणस्थान,भैरबस्थान लगायतको दर्जन बढी ठाउँमा वृक्षारोपण गरि सकिएको र अझै जिल्लाको अन्य खालि भुभागमा वृक्षारोपण गर्ने लक्ष्य गणको रहेको गणपति बस्नेतले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा कैलाशनगर बसन्तपुर सामुदायिक वन उपभोक्ता समितिका सदस्यले समेत वृक्षारोपण गरेका छन । आफ्नै गाउँ ठाउँको सामुदायिक वनको संरक्षण र प्रर्वद्धनको दायित्व स्वयम स्थानियको भएकोले वृक्षारोपण गर्ने र विरुवा हुर्काउने जिम्मा लिएको तानसेन ३ बसन्तपुरका स्थानिय मान बहादुर रेष्मीले बताउनुभयो । यस्तै अर्का स्थानिय तरुण कुमार थापाका अनुसार बस्ती माथि रहको भिरालो जमिको कारण पहिरो जान सक्ने भएकोले त्यस क्षेत्रमा वृक्षारोण गरिएको प्रति निकै खुसी ब्यक्त गर्नुभयो ।

गोरख दल गण पाल्पाले आफ्नै नर्सरीमा विभिन्न प्रजातिका फलफूल,पुष्पजन्य, काठजन्य,धार्मीक जन्य र अमिलो जातका विरुवा उत्पादन गरि वृक्षारोपण गर्दै आएको छ । गणले अहिले सम्म करिब ३ हजार विरुवा वृक्षारोण गरि सकेको र आगामी दिनमा अन्य ठाउँमा समेत वृक्षारोपण हुने भएकोले यो संख्या बढ्ने गणपति जनक बस्नेतले बताउनुभयो । वृक्षारोपण मात्रै नगरि यसलाई हुर्काउनु अर्को ठुलो दायित्व हुने भएकोले अबको केही दिनमा मलजल सहित गोडमेलमा निस्कने गणपति बस्नेतले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा ३ नंम्बर वडाका वडा अध्यक्ष महेशलाल शाक्य,१३ नम्बर वडाका वडा अध्यक्ष टुक प्रसाद भट्टराई,गोरखदल गणका सकलदर्जा,स्थानिय टोलबासि,समाजसेवि लगायतको सहभागीता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *