बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बैठकमा सांसदले मास्क नलगाएपछि…..
काठमाडौँ । संसदीय समितिमा केहि सांसदले मास्क नलगाएपछि अर्का एक सांसदले मास्कको प्रयोग अनिवार्य गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको बिद्यायन व्यवस्थापन समितिमा सांसद जितेन्द्र नारायण देवले समिति समितिभित्र बस्दा मास्क अनिवार्य गर्न सभापति परशुराम मेघी गुरुङको ध्यानाकर्षण गराएका हुन् ।
समितिमा रहेका बिधेयकहरुलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल गर्न बिहीबार बैठक बोलाइएको थियो ।
बैठकमा सभापति गुरुङ, समिति सचिव लगाएत केहि सांसदहरु मास्कविना बैठकमा सहभागी भएका थिए । सांसद देवले संवैधानिक आयोग, अदालत, सिंहदरबार सचिवालय लगाएत कोरोनाबाट प्रभावित भएकाले समिति बैठक बस्दा सवैले मास्क लगाउनुपर्ने बताउनुभयो । उहाले मास्कबिना बैठकमा नबस्न सुझाव पनि दिनुभयो ।
देवले बैठकबस्दा स्वास्थ्य सतर्कता अपनाइ बस्नुपर्ने बताउनुभयो । यसअघि संघीय संसद सचिवालयले सांसदहरुलाई कोरोना संक्रमणबाट बँच्न पूर्व सर्तकर्ता अपनाउन सुझाएको थियो । बैठकले मंसिर महिनाभित्रै समितिमा रहेका बिधेयकहरुको छलफल सक्ने र त्यसका लागि बिज्ञहरुको पनि सुझाव लिने निर्णय गरेको छ ।