नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कान्तिपुर दैनिकका पत्रकार बानियाँ बाग्मतीमा हाम फालेर मरे
काठमाडाैँ । कान्तिपुर दैनिक पत्रिकामा कार्यरत पत्रकार बलराम बानियाँ बाग्मतीमा हाम फालेर देह त्याग गरेका छन् । जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको खोलामा हाम्फालेका पत्रकार बानियाँको शव हेटौंडामा फेला परेको प्रहरीले जनाएकाे छ ।
दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् ।
प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरेको अवस्थामा उनले खोलामा हाम्फालेका थिए । खाेलामा बग्दै गरेकाे देखेकाहरूले उनलाइ बचाउने प्रयास गरे पनि सफल नभएकाे बुझिएकाे छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।