बहुप्रतिष्ठित शायर राहत इन्दौरीको निधन

एजेन्सी । भारतीय बहु प्रतिष्ठित शायर तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका इन्दौरीेको मंगलबार निधन भएको थियो ।

कोरोना संक्रमित ७० वर्षीय इन्दौरीको हृदयघातका कारण मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

इन्दौरको श्री अरविन्दो अस्पतालका डाक्टर विनोदी भण्डारीका अनुसार मंगलबार इन्दौरीलाई दुई पटक हृदयघात भएको थियो । डक्टरका अनुसार उनी निमोनियाका पनि बिरामी थिए । उनलाई ६० प्रतिशत निमोनिया रहेको थियो ।

शायर इनदौरीले मंगलबार बिहान मात्रैै आफू कोरोना संक्रमित भएको बारे ट्वीटर मार्फत जानकारी गराएका थिए । उनले ट्वीटरमा लेखेका छन्, ‘कोरोनाको शुरुवाती लक्षण देखिएपछि मेरो कोरोना परीक्षण गरिएको छ । त्यसको रिपोर्ट पोजेटिभ आएको छ । अरविन्दो अस्पतटालमा भर्ना भएको छु । प्राथना गर्नुहोस् छिट्टै यस विरामीलाई जित्न सकुँ ।’

उनले अनापवश्यक फोन नगर्न भन्दै ट्वीटर र फेसबुक बारे जानकारी गराउने पनि उल्लेख गरेका थिए ।

 

बिहानी यस्तो ट्बीट गरेको उनको साँझ पाँच बजे निधन भएको सोही ट्वीटर एकाउण्ट मार्फत जानकारी गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *