नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

२४ अाैँ विश्व अादिवासी दिवस मनाइँदै
काठमाडाैं । २४ औँ विश्व आदिवासी दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदैछ । २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसंघको साधारण सभाले ९ अगष्टलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने अवधारणा अगाडी बढाएको थियो । त्यहि अवधारणा अनुरुप हरेक वर्ष ९ अगष्टमा नेपाल सहित आदिवासी बसोबास गर्ने ७० भन्दा धेरै देशहरुमा यो दिवस मनाउने गरिएको छ ।
नेपालमा विभिन्न आदिवासी जनजाति संगठनहरुले आदिवासी दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् । यो वर्षको दिवस आदिवासी जनजातिका बसाईँसराईमा केन्द्रित गरिएको छ । जलवायुमा भएको परिवर्तन तथा राजनीतिक कारण अनि राम्रो भविष्यको खोजीमा आदिवासी जनजातिहरु आफ्नो थातथलो छोडेर बसाईँ सर्ने क्रम बढेको छ । यसले गर्दा उनीहरुका परम्परागत कला, सीप तथा संस्कृति जोखिममा परेका छन् ।
नेपालमा पछिल्लो राष्ट्रिय जनगणना अनुसार १०३ भन्दा बढी जातजातिको अस्तित्व छ ।