नारायणकाजीमाथि विष्णु रिमालकाे यस्ताे हमला

काठमाडौं । काठमाडौंको बसन्तपुरमा २० दिनदेखि एक युवा सत्याग्रहमा छन् । उनको इनफ इज इनफ अभियान र मागप्रति सरकार संवेदनशील छैन । तर, घरायसी कचिङ्गलमा भने प्रधानमन्त्रीकै प्रमुख राजनीतिक सल्लाहकारले ‘इनफ इज इनफ’को अस्त्र प्रयोग गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार हुन्, विष्णु रिमाल । उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नेता समेत हुन् । उनले आफ्नै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ‘इनफ इज इनफ’भन्दै झटारो हानेका छन् । श्रेष्ठलाई लाज जोगाउन सार्वजनिक रुपमै सुझाव दिएका छन्, रिमालले । सत्याग्रहीको माग सुन्न प्रधानमन्त्रीलाई सल्लाह दिनुको साटो रिमाल पार्टी प्रवक्तालाई पढाउन तल्लीन छन् । उनको जिम्मेवारीको सरकार वा प्रधानमन्त्रीलाई सल्लाह दिने । तर, उनी सामाजिक सञ्जालमा छुद्र ढंगले आफ्ना कुण्ठा पोखिरहेका छन् । यसैलाई त भन्छन् होला, ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ ।

सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै रिमालले विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्न चेतावनी दिँदै रिमालले कमसेकम पार्टी प्रवक्ताको इज्जत जोगाउन श्रेष्ठलाई आग्रह गरेका छन् ।

रिमालले भनेका छन्, ‘पार्टी एकता विरुद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् । मुलुक संवेदनशील मोडमा छ महसुस होस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *