काेराेना संक्रमणबाट एकै दिन ५ जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक काेराेना सङ्क्रमित महिलाको मृत्यु भएको छ । सर्लाही मलङ्गवा घर भएकी ती महिलामा निमोनियाका साथै स्क्रब टाइफससमेतको समस्या रहेको र उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताउनुभयो ।

यसैबीच, आजै कोशी अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने वीरगञ्जमा हिजो र आज मृत्यु भएका दुई जनामा पनि सङ्क्रमण पुष्टि भएको थियो । थप मृत्यु हुनेमा पर्साका दुईजना रहेका छन् । वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ। उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । पर्सामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ। संक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार १५६ पुगेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *