नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ह्वात्तै बढ्रयाे सुनकाे मूल्य, तोलामा १ लाख नाघ्याे
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले स्थानीय बजारमा नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन छापावाला सुनकाे मूल्य तोलामा १६ सय रुपैयाँ बढेर प्रति तोला एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ । यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको भाउ महंगो भएको हो । यस्तै तेजावी सुनको मूल्य एक लाख ९ सय पुगेको छ ।
यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।