बुटवल पाल्पा सडक खण्ड एकतर्फी सुचारु,रामपुर तानसेन पुर्ण अवरुद्ध 

सुनिल कार्की
पाल्पा । पुर्वी पाल्पा र सदरमुकाम तानसेन जोड्ने रामपुर तानसेन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण रामपुर तानसेन सडक खण्डको गिनिडाँडा,बाँसुखा,चापागैरा लगायतको स्थानमा पहिरो जाँदा सडक पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो हटाउन जेसिवि तयारी अवस्थामा भए पनि निरन्तरको वर्षाका साथै पहिरो खसि रहेकाले पहिरो हटाउन समस्या भएको छ ।
विहान ८ बजे देखि सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमै रोकिएका छन । सानो वर्षा हुँना साथ रामपुर तानसेन सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

यता पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड एकतर्फी सुचारी भएको छ । राजमार्गको ठाउँ ठाउँमा गएको पहिरोले बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको थियो । अहिले एकतर्फी सञ्चालनमा आएसँगै यात्रु गन्तब्यामा लागेका छन ।

वर्षा हुन साथ पाल्पाको सिद्धार्थ राजमार्गको वुटवल पाल्पा सडक खण्ड,तानसेन तम्घास सडक खण्डका साथै रामपुर तानसेन सडक पहिरोले अवरुद्ध हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *