बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बुटवल पाल्पा सडकखण्डमा सवारी आवागमनमा रोक
सुनिल कार्की
पाल्पा । सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्डमा पहिरोको जोखिमका कारण सवारी आवागमनमा रोक लगाईएको छ ।
तानसेन ८ गौडेपुल क्षेत्रमा जति बेला पनि पहिरो झर्न सक्ने देखिएकोले आज बेलुका ८ बजे देखि भोली विहान ६ बजे सम्मलाई रोक लगाईएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । तिन दिन देखि अवरुद्ध सडक बेलुका ५ः३० बजेबाट एकतर्फी सञ्चालनमा ल्याईएको थियो ।
निरन्तरको सिमसिमे वर्षा र सडक कुनामा रहेको पहिरो जुनसुकै बेला झर्न सक्ने भएकोले जोखिम न्यूनिकरण गर्न रातिको समयमा सवारी आवागमनमा रोक लगाईएको साहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जानकारी दिनुभयो । रातको समयमा बुटवल पाल्पा सडकखण्डको यात्रा जोखिमपुर्ण रहेकोले यात्रु र सवारीको सुरक्षाको लागि आवागमनमा रोक लगाईएको साहायक प्रमुख जिल्ला अधिकारी बन्जाडेले बताउनुभयो ।
बुटवल पाल्पा सडकखण्डको अवस्था सहज हुनसाथ २४ सैं घण्टा सवारी आवागमन सुचारु गरिने बताइएको छ । अहिले एकतर्फी सडक सञ्चालनमा आएपछि बिच बाटोमा अलपत्र परेका यात्रु गन्तब्यमा प्रस्तथान गरेको छन ।