What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

फेरि थपियो देशलाई ऋणको भारी, ओली सरकारले ७८ अर्ब ऋण लिँदै
What To Know
- यस्तै, नागरिक उड्यन विकास क्षेत्र कार्यक्रमका लागि एशियाली विकास बैंक (एडीबी)ले दिन लागेको ५ करोड अमेरिकी डलर अर्थात् करीब ६ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण पनि स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बिहीबार यो ऋण सहायताका सम्बन्धमा अर्थ मन्त्रालय र एशियाली विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर पनि भइसकेको छ ।.
- मन्त्रिपरिषद्ले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाबाट शहरी पूर्वाधार विकासका लागि प्रस्तावित १५ करोड अमेरिकी डलर अर्थात् करीब १८ अर्ब बराबरको सहुलियत ऋण लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । यो रकम शहरको दिगो र सुरक्षित पूर्वाधारको विकासका लागि खर्च गरिने प्रस्ताव छ । यी तीनवटै ऋणको रकम जोड्दा ७८ अर्ब पुग्छ ।०००.
काठमाडौँ । सरकारले रणनीतिक सडक र व्यापारिक मार्ग सुधारका लागि बहुपक्षीय ऋणदाता विश्व बैंकसँग ४५ करोड अमेरिकी डलर अर्थात् करीब ५४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विश्व बैंकले यसअघि नै नेपाललाई यो ऋण दिने निर्णय गरिसकेको छ । यो रकमले नागढुंगा–नौबिसे–मुग्लिन तथा कमला–ढल्केबर–पथलैया सडक खण्डको सुधार तथा स्तरोन्नति गरिने सरकारी योजना छ ।
यस्तै, नागरिक उड्यन विकास क्षेत्र कार्यक्रमका लागि एशियाली विकास बैंक (एडीबी)ले दिन लागेको ५ करोड अमेरिकी डलर अर्थात् करीब ६ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण पनि स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बिहीबार यो ऋण सहायताका सम्बन्धमा अर्थ मन्त्रालय र एशियाली विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर पनि भइसकेको छ ।
मन्त्रिपरिषद्ले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाबाट शहरी पूर्वाधार विकासका लागि प्रस्तावित १५ करोड अमेरिकी डलर अर्थात् करीब १८ अर्ब बराबरको सहुलियत ऋण लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । यो रकम शहरको दिगो र सुरक्षित पूर्वाधारको विकासका लागि खर्च गरिने प्रस्ताव छ । यी तीनवटै ऋणको रकम जोड्दा ७८ अर्ब पुग्छ ।०००