हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आज १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै
काठमाडाैँ । विभिन्न कार्यक्रम गरी आज १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । ‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि’भन्ने नाराका साथ यो वर्ष सामाजिक दुरी कायम गर्दै यो दिवस मनाउन लागिएको हो ।
ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिष नार्कको खेतमा सरकारी निकायको रोपाइँ कार्यक्रम भएको छ । रोपाइँ महोत्सवमा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डे लगायत सहभागि हुनु भयो । कोरोना महामारी र सलह किराको त्रासबीच कृषि उत्पादनमा लाग्न कृषकलाई प्रोत्साहन दिन भन्दै आफूहरु खेतमा पुगेको सचिव भारीले बताउनु भयो ।
कृषि मन्त्री घनश्याम भुसाल भने सामूहिक रोपाइँका लागि उदयपुर पुग्नु भएको छ । असार १५ नेपाली समाजमा दहि च्यूरा खाने दिनका रुपमा समेत प्रचलित छ । ‘मानो रोपेर, मुरी फलाउने’ अवसरका रुपका लिइने असारे १५ लाई नेपालभर धान दिवस, रोपाइँ यात्रा लगायत नामले मनाउने गरिन्छ ।
कृषि प्रधान भनिएको नेपालका अधिकांश मानिसको पेशा अहिले पनि खेतीपाती नै हो । ‘भाते’ संस्कृति र मुख्य बाली धान नै भएपनि यो आर्थिक वर्षको ११ महिनामा मात्र ३१ अर्बको चामल आयात भएको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८ दशमलव ३ प्रतिशत जमिनमा धान खेती हुने गर्दछ ।
नेपालमा २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली वर्षका रूपमा मनाएको थियो । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् ।०००